एसियाडका लागि रग्बी टोलीको घोषणा
आइतबार, १० असार २०८०, २२ : ३५
काठमाडौँ । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आज घोषणा गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले जानकारी दिए ।
छनोट भएका खेलाडीहरुमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सबिन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडू, विवेश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ रहेका छन् । त्यस्तै, वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन् । एसियाडमा नेपालले रग्बीमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियाड आगामी असोज ६ गतेदेखि सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण