सीमा स्तम्भलाई व्यवस्थित बनाउन नारायणी शर्माको ध्यानाकर्षण
सोमबार, ११ असार २०८०, १३ : ५६
काठमाडौँ । सांसद नारायणी शर्माले भारतसँग जोडिएको सीमा स्तम्भलाई व्यवस्थित बनाउन ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले दाङको गढवा गाउँपालिका वडा नम्बर ८ खबरी नाकामा रहेको ४८ नम्बरको सीमा स्तम्भ खबरी खोलाले बगाएको वर्षौ भएपनि पुर्नस्थापना अहिलेसम्म नभएको बताइन् ।
त्यसैगरी दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका स्थानीय नाकाबासीहरुले सिमलको बोटलाई सीमा स्तम्भ मानी त्यही आधारस्तम्भ मानेर अहिलेसम्म सीमा स्तम्भको रुपमा बुझिराखेको बताइन् ।
दाङको सीमा स्तम्भहरु निकै जिर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले ३७ वटा मुख्य सीमा स्तम्भ र ४० वटा सहायक स्तम्भ रहेको संसदमा बताइन् । तर, मर्मत सम्भारका लागि केही पहल नभएको भन्दै उनले सीमा स्तम्भलाई व्यवस्थित र पूर्ण बनाउनको निम्ति नेपाल सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण