सीमा स्तम्भलाई व्यवस्थित बनाउन नारायणी शर्माको ध्यानाकर्षण
सोमबार, ११ असार २०८०, १३ : ५६

काठमाडौँ । सांसद नारायणी शर्माले भारतसँग जोडिएको सीमा स्तम्भलाई व्यवस्थित बनाउन ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले दाङको गढवा गाउँपालिका वडा नम्बर ८ खबरी नाकामा रहेको ४८ नम्बरको सीमा स्तम्भ खबरी खोलाले बगाएको वर्षौ भएपनि पुर्नस्थापना अहिलेसम्म नभएको बताइन् ।
त्यसैगरी दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका स्थानीय नाकाबासीहरुले सिमलको बोटलाई सीमा स्तम्भ मानी त्यही आधारस्तम्भ मानेर अहिलेसम्म सीमा स्तम्भको रुपमा बुझिराखेको बताइन् ।
दाङको सीमा स्तम्भहरु निकै जिर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले ३७ वटा मुख्य सीमा स्तम्भ र ४० वटा सहायक स्तम्भ रहेको संसदमा बताइन् । तर, मर्मत सम्भारका लागि केही पहल नभएको भन्दै उनले सीमा स्तम्भलाई व्यवस्थित र पूर्ण बनाउनको निम्ति नेपाल सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण