नेप्से परिसूचक ११.६९ अंकले वृद्धि
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।
आइतबार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले बढेको छ ।
सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आइतबारको तुलनामा सोमबार कारोबार रकम भने गिरावट आएको छ । आइतबारको तुलनामा करिब १ अर्ब बढीले गिरावट आएको हो । आइतबार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा जलविद्युत, जीवन बीमा, निर्जीवन, अन्य र व्यापार उपसमूहको परिसूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबै भन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ ।
नेप्से परिसूचक ११.६९ अंकले बढेसँगै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,विपीओ वित्तीय संस्था लगायत अन्य सात वटा कम्पनीको ९.९९ले प्रतिशतले बढेको छ । तर यता सुपर म्यादी हाइड्रो पावर कम्पनीको ६.९४ प्रतिशतले मूल्य गिरावट आएको छ । सोमवारको कारोबारमा शिवम सिमेन्ट्स कम्पनीको ४२ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण