‘मिष्टर नेपाल २०२३’ मा २० प्रतियोगी भिड्ने
काठमाडौँ । ‘मिष्टर नेपाल २०२३’ को अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिएका छन् । देशभरबाट हजारौँ सहभागीबाट पहिलो चरणका लागि ३ सय प्रतियोगी छानिएका थिए ।
ती ३ सयबाट अन्तिम स्पर्धाका लागि उत्कृष्ट २० छानिएका हुन् । छानिएका प्रतियोगीमा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायत विभिन्न प्रतिष्ठित पेशासँग आबद्ध रहेका छन् ।
प्रतियोगीमा छानिएका २० प्रतियोगीमा निमेश कपाली (काठमाडौँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) रहेका छन् ।
छनौट भएका सबै प्रतियोगी फाइनलस्पर्धाका लागि अब प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।
प्रशिक्षणमा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषय समावेश छ ।
‘मिष्टर नेपाल’ नेपालमा आयोजना हुने पुरुषहरुको सहभागीता रहने सबैभन्दा प्रतिष्ठित प्रतियोगीता हो । यसको छनौट चरणको अडिसन बिराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरा र काठमाडौंमा भएको थियो ।
यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’को नामबाट आयोजना हुँदैछ । प्रयोजक न्युलुक ब्युटिफर लाइफले भएको कारण नामको अगाडि न्युलुक जोडिएको हो । १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागीता रहने प्रतियोगीतामा ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिक रहनुपर्ने प्रावधान राखिएको थियो ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण