नेप्से परिसूचक उच्च अङ्कले वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलब ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलब ३६ पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलब ४० अङ्कले उकालो लागेर चार सय १२ दशमलब ५१ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य वृद्धि भएको हो ।
कूल एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० मूल्यमा खरिद बिक्री भएका छन् ।
कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु २५ करोड १२ लाख ३३ हजार छ सय ९४ बराबरको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको रु २२ करोड ६३ लाख ४५ हजार दुई सय १८, सोल्टी होटलको रु २२ करोड ४२ लाख २९ हजार छ सय ३८,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु १३ करोड १४ लाख २० हजार दुई सय ८७ र हिमालयन डिस्टिलरीको रु १२ करोड ४८ लाख ९७ हजार छ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, गरिमा विकास लघुवित्तलगायत कूल २८ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यस्तै सिक्लेस हाइड्रोपावर तीन दशमलब ८८, गरिमा बैंकको ऋणपत्र तीन दशमलब शून्य आठ, राष्ट्रिय बीमा कम्पनी दुई दशमलब ४९,सेञ्चुरी बैंकको ऋणपत्र एक दशमलब ९१ र बलेफी हाइड्रोेपावरका लगानीकर्ताले एक दशमलब ६९ प्रतिशतले कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण