इटालियन फुटबलमा ८८ नम्बरको जर्सी लगाउन रोक
काठमाडौँ । इटालियन फुटबलमा खेलाडीलाई ८८ नम्बरको जर्सी लगाउन प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय टोलीदेखि कुनै पनि तहको फुटबलमा अब खेलाडीले ८८ नम्बरको जर्सी लगाउन नपाउने भएका हुन् । ८८ नम्बरको जर्सीले जर्मन नाजीको नारालाई बढावा दिएको भन्दै उक्त जर्सी प्रयोग गर्न रोक लगाइएको समाचारमा जनाइउको छ । इटालीको सरकारका प्रतिनिधि र इटालियन फुटबल संघले मंगलबार यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
८८ नम्बरको जर्सी लगाउने समर्थकलाई समेत रंगशाला प्रवेशमा रोक लगाइने भएको छ । यसअघि विभिन्न खेलका क्रममा समर्थकहरु पनि ८८ नम्बरको जर्सी लगाएर रंगशाला प्रवेश गर्ने गरेका थिए । गत मार्चमा लाजियोका एक समर्थक ८८ नम्बरको जर्सी लगाएर रंगशाला पुगेका थिए । त्यो खेलमा लाजियोले रोमालाई हराएको थियो । यस्तै कार्य
लाजियोका अन्य दुई समर्थकले पनि गरेका थिए । लाजियोका ती तीनजना समर्थकलाई आजीवन स्टाडियो ओलम्पिको रंगशाला प्रवेशमा रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण