सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैन : एमाले सांसद गैरे
बुधबार, १३ असार २०८०, १७ : २५
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरु नै विश्वसनीय नभएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आर्थिक विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
सांसद गैरेले भने, ‘यो सरकारले गरेका खर्चका अनुमानहरु नै तथ्यपरक छैनन् । प्राप्त गर्ने स्रोतहरू पनि विश्वसनीय छैनन् । अर्कोतर्फ यो गरिएको अनुमान नै गलत छ भनेपछि त्यसले दिने निष्कर्ष पनि स्वाभाविक रूपले गलत हुनेछ भन्ने मलाइ लाग्छ । त्यस कारणले यसबाट कुनै उपलब्धि हासिल गर्न सक्ने देखिँदैन । र, यसले जुन अनुमानित ६ प्रतिशत लक्ष्य लिएको छ । त्यो प्राप्त हुने देखिँदैन भन्ने कुरा म राख्न चाहन्छु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण