नेपाललाई प्याजमा आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधवार प्रतिनिधिसभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरूले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले आलुमा मुलुक आत्मनिर्भरता तर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताए । उनले मुलुकभित्र आलु प्याज उत्पादन गर्ने उत्पादकहरू साना–साना रहेको भन्दै व्यवसायीक रुपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताए । उनले आन्तरिक उत्पादनको सप्लार्यसहरु पनि साना रहेकाले उनीहरु भ्याटको दायरामा आउनसक्ने बताए ।
अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह रहेको बताए । उनले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको अवस्थामा उत्पादकहरुले सडकमा फालिरहेको बताए । उनले कालिमाटीमा बिचौलियाको कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सर्सर्ति प्रवेश पाउने अवस्था रहेको बताए ।
अर्थमन्त्री महतले मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरूलाई यो भ्याट नलाग्ने बताए । उनले विदेशको सामान आयात गरेर सामान खरिद गरेमा भ्याट लाग्ने बताए । उनले आलु प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकहरुलाई हौसला दिने दाबी गरे ।
अर्थमन्त्री महतले सुर्तीजन्य वस्तुमा विगतको करलाई नहटाएको भन्दै त्यसैमा ३ प्रतिशत कर थप गरेको बताए । उनले सुर्तीजन्य वस्तु मुलुकभित्र प्रतिबन्ध गर्ने भएपनि सबै राजनीतिक दलहरुले सहमति गरे सरकार तयार रहेको बताए । उनले सरकारलाई सुर्तीजन्य वस्तु प्रतिवन्ध गर्न समस्या नभएको बताए । उनले नेपालको सुर्तीजन्य वस्तुमा एसिया मात्रै नभएर विश्वमा नै बढी रहेको जानकारी दिए ।
अर्थमन्त्री महतले ४० लाखको विद्युतीय बस चढ्ने गरिब भएकाले अमेरिकालाई जित्नेगरी धनी भएको टिप्पणी गरे । उनले पाँच तारे होटलमा जाने ग्राहकहरुको लागि कर लगाउँदा पर्यटन क्षेत्रमा कर लगाइयो भन्नु गलत भएको बताए । उनले १० लखाभन्दा बढी सुन खरिद गर्नेलाई थप पाँच प्रतिशत कर लगाएको बताए । उनले नेपालमा मूल्य अभिवृद्धि कर लागू भएसँगै राजश्वको दायरा बढेको बताए । उनले सरकारले आर्थिक विधेयकमार्फत व्यवस्था गरेको करले मुलुकको अर्थतन्त्र चलायमान हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण