आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्लस टु प्रोफाइल

२५ वर्षदेखि अब्बल : पिनाकल एकेडेमी

एनइबी बोर्ड परीक्षामा समेत सर्वोत्कष्ट नतिजा
बिहीबार, १४ असार २०८०, ११ : ३२
बिहीबार, १४ असार २०८०

ललितपुरको लगनखेलमा विगत २५ वर्षदेखि साइन्स र म्यानेजमेण्ट तथा केही वर्षदेखि मानविकी र कानुनमा समेत प्लस टु शिक्षा दिइरहेको कलेज हो, पिनाकल एकेडेमी । 

शैक्षिक क्षेत्रमा खारिएका व्यक्तिहरुको संलग्नतामा सञ्चालित पिनाकल एकेडेमी नतिजा र शैक्षिक उपलब्धिका दृष्टिले सर्वोत्कृष्ट कलेजका रूपमा स्थापित छ । 

तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद्बाट लिइने राष्ट्रिय स्तरको परीक्षामा तीन पटक नेपाल टप र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी)को स्थापना भइसकेपछि पनि २०७६ सालमा समेत नेपालको टपर उत्पादन गर्न सफल भएको छ पिनाकल एकेडेमी । यसले गत वर्षको कक्षा १२ को साइन्स फ्याकल्टीमा शतप्रतिशत नतिजा ल्याएको छ । 

साइन्स, म्यानेजमेण्ट, मानविकी र कानुन संकायमा अध्यापन हुने पिनाकल एकेडेमीमा साइन्स फ्याकल्टीमा २७५ जना, म्यानेजमेण्ट फ्याकल्टीमा ४०० जना र मानविकी तथा कानुन संकायमा ४५/४५ जना विद्यार्थी भर्ना लिने गरेको छ ।

DSC_0228-001

धेरैपटक बोर्ड फस्ट 

पिनाकल एकेडेमीबाट प्लस टु गरेका अधिकांश विद्यार्थी उत्कृष्टको पर्याय बनेका छन् । यहाँ अध्ययन गरेका विद्यार्थी साइन्टिष्ट, डाक्टर, इञ्जिनियर बैंकर, राजनीतिक नेतृत्व आदिमा छन् । 

पिनाकलका विद्यार्थीहरु यतिबेला अमेरिकाको नासा र गुगल कम्पनीमा कम्प्युटर इञ्जिनियरदेखि जापानमा हाइड्रो इञ्जिनियर र नेपालमै उत्कृष्ट र अब्बल डाक्टर तथा पाइलटका रुपमा स्थापित छन् । 

स्थापना कालदेखि नै शैक्षिक उपलब्धिमा सर्वोत्कृष्ट रहेको पिनाकल एकेडेमीको शैक्षिक गुणस्तर र नतिजा हरेक वर्ष उकालो चढिरहेको तथ्याङ्क र नतिजाले पुष्टि गरेको छ । 

तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद् (एचएसइबी) अन्तर्गत सञ्चालित प्लस टु को परीक्षामा शैक्षिक वर्ष २०६१/०६२ मा पिनाकल एकेडेमीका ६ जना विद्यार्थी देशैभरबाट सर्वोत्कृष्ट नतिजा ल्याइ टप टेनमा पर्न सफल भएका थिए । 

२०६१/०६२ मै कक्षा ११ को परीक्षामा सुनिता घिमिरे र विश्वम्भर थापा दुवैजनाले बराबर अंक ल्याई बोर्ड फस्र्ट भएका थिए भने कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजासहित बोर्ड फस्र्ट भएकी सुनिताले नेपाल विद्या पदक समेत पाएकी थिइन् । अहिले सुनिता र विश्वम्भर दुवै जना डाक्टर बनेका छन् ।

त्यस्तै, २०६४ सालको परीक्षामा रितेश प्रधानले टप टेनमा आफूलाई पार्न सफल भए भने २०६५ मा केशवराज पोखरेलले तत्कालीन एचएसइबीको परीक्षामा बोर्ड फस्र्ट बनेर नयाँ इतिहास रचेका थिए । 

प्लस टु को नतिजापछि इञ्जिनियरिङको प्रवेश परीक्षामा पुल्चोक इन्जिनियरिङ कलेजमा छात्रवृत्तिमा एक नम्बरमा नाम निकाल्न सफल भएका पोखरेल अहिले जापानमा हाइड्रो इञ्जिनियरका रुपमा काम गरिरहेका छन् । आफू काम गर्ने कम्पनीकै सहयोगमा अहिले उनी छात्रवृत्तिमै विश्वचर्चित थाइल्याण्डको एआइटी कलेजमा एमबिएको अध्ययन पनि गरिरहेका छन् । 

पोखरेलकै ब्याचबाट टप टेनमा आउन सफल रितेश प्रधान अमेरिकामा नासाको इन्जिनियरको टिममा बसेर काम गरिसकेका छन् । नासाको प्रोजेक्ट भर्खरै सकाएका प्रधान अहिले गुगलको अमेरिकास्थित कार्यालयमा सफ्टवेयर इञ्जिनियरका रुपमा काम गर्न थालेका छन् ।

त्यसै गरी, वर्तमान राष्ट्रिय परीक्षा बोर्डको नतिजामा शैक्षिक वर्ष २०७४/०७५ मा देशभरबाट सर्वोत्कृष्ट अंक ल्याएका प्राञ्जल तिवारी सरकारी कोटाको छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका छन् । 

DSC_0048-001

पिनाकलका यी विद्यार्थी, जो सधैँ चर्चामा छन्

शैक्षिक उपलब्धिमा मात्रै होइन, हवाई क्षेत्र, खेलकुद, राजनीति, एमसी आदिमा पनि पिनाकलका विद्यार्थी उत्कृष्ट छन् । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा, पहिलो रेस्क्यु महिला पाइलट प्रिया अधिकारी र वरिष्ठ छाला रोग विशेषज्ञ डा.विकास पौडेल पनि पिनाकलकै उत्पादन हुन् । 

पिनाकल एकेडेमीबाट प्लस टु सकेर छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका डा. विकास पौडेल एमडीमा समेत युनिभर्सिटी टपर हुन् । हाल उनी पाटन अस्पतालमा कार्यरत छन् । 

खेलकुदमा पिनाकलको बर्चस्व 

खेलकुदको क्षेत्रमा पनि पिनाकल एकेडेमी उत्कृष्ट छ । फुटबल र क्रिकेटका महान खेलाडीहरु उत्पादन गर्न सफल यसले विदेशी प्रशिक्षकको प्रशिक्षणमा क्रिकेट टिम नै तयार पारेको छ । आफ्नै कलेजको छुट्टै क्रिकेट टिम तयार पार्नुका साथै ग्रेट हिमालय क्रिकेट क्लबसँग सहकार्य गरी क्रिकेटमा रुचि राख्ने विद्यार्थीलाई प्रशिक्षण दिँदै आएको छ । 

राष्ट्रिय फुटवल खेलाडीहरु जुमानु राई, भरत खवास, अनन्त तामाङ, भोला सिलवाल लगायतलाई पिनाकल एकेडेमीले नै शैक्षिक र खेलकुदको प्रशिक्षण दिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मिलेर फुटबल खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरेको पिनाकलले पछिल्लो समय क्रिकेट खेलाडीलाई छात्रवृत्ति र प्रशिक्षणमा बढी लगानी गरिरहेको छ । 

विश्व चर्चित ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र हङकङ म्याराथनका स्वर्णपदक विजेता धावक अजित यादव समेत पिनाकल एकेडेमीकै उत्पादन हुन् । त्यस्तै, नेपालकी चर्चित होष्ट तथा मोडल रिमा विश्वकर्मासमेत पिनाकलकै विद्यार्थी हुन् । 

साइन्समा गत वर्ष शतप्रतिशत नतिजा

पिनाकल एकेडेमी विगत २५ वर्षदेखि नै साइन्स फ्याकल्टीमा उत्कृष्टताको नाम हो । गत वर्षको कक्षा १२ को परीक्षामा समेत यस कलेजले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । कुल २३३ जना विद्यार्थीले परीक्षा दिएकामा २३३ जनै उच्च अंकसहित परीक्षामा सफल भएका छन् । 

त्यसै गरी, २०७९ सालको कानुन विषयमा पनि शतप्रतिशत नतिजा ल्याउन सफल कलेज हो यो । 

DSC_0032-001

म्यानेजमेण्टमा ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण

साइन्स मात्रै होइन, म्यानेजमेण्टमा पनि उत्कृष्ट नतिजा ल्याउन पिनाकल एकेडेमी सफल भएको छ । गत वर्ष ३३२ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

यसरी धेरै विद्यार्थी हुँदा पनि ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल पिनाकल एकेडेमी म्यानेजमेण्ट फ्याकल्टीमा पनि उत्कृष्ट कलेज हो । त्यसै गरी, मानविकी संकायमा पनि पिनाकल एकेडेमीले ९८ प्रतिशत नतिजा ल्याउन सफल भएको छ । 

साइन्स र म्यानेजमेण्टमा विषय छनौटको सुविधा

पिनाकल एकेडेमीले साइन्स र म्यानेजमेण्ट फ्याकल्टीमा पनि विषय छनोट गर्ने विकल्प दिएको छ । साइन्स पढ्ने विद्यार्थीलाई बायोलोजीकल ग्रुप र फिजिकल ग्रुपमा छुट्याएर रोजाईअनुसार विषय पढ्ने विकल्प प्रदान गरिएको छ । 

चिकित्सक लगायतका मेडिकल विषय, फरेष्ट्री, एग्रिकल्चर, भेटेरिनेरी जस्ता विषय पढ्न चाहनेलाई बायोलोजिकल ग्रुप र इञ्जिनियरिङ तथा आइटी लगायतका विषय पढ्न चाहनेहरुका लागि फिजिकल ग्रुपमा पढ्ने सुविधा कलेजले दिएको छ । 

त्यस्तै, म्यानेजमेण्टतर्फ विजनेश म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट र कम्प्युटर म्यानेजमेण्ट (कम्प्युटर साइन्स) को विकल्प पिनाकल एकेडेमीले उपलब्ध गराएको छ । 

DSC_0370

म्यानेजमेन्ट विषयमा विजनेश म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई पाठ्यक्रममा भएको भन्दा बाहेक कक्षा ११ र १२ मा ३०/३० घण्टाको विजनेश डेभलपमेन्ट ट्रेनिङको व्यवस्था कलेजले गरेको छ । सम्बन्धित क्षेत्रका विज्ञबाट दिइने ट्रेनिङले विद्यार्थीलाई फिल्डमै गएर काम गर्न आवश्यक व्यवहारिक ज्ञान प्राप्त हुन्छ ।

म्यानेजमेण्ट फ्याकल्टी भित्रकै अर्को विषय होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई आफ्नै सुविधासम्पन्न होटल ट्रेनिङ सेन्टरमा वर्षैभरी नै कुकिङ, हाउस किपिङ, वेटर, बार आदिको प्रयोगात्मक सीप दिने गरिएको छ । यहाँ पढ्दै गरेका विद्यार्थीलाई समेत कामका लागि अफर आउने गरेको कलेजले जनाएको छ । म्यानेजमेण्ट फ्याकल्टीभित्रै रहेको कम्प्युटर मेनेजमेन्ट (कम्प्युटर साइन्स) पढ्ने विद्यार्थीलाई बजारको मागअनुसार कमप्युटर र आईटीसम्बन्धी तालिम उपलब्ध गराउने गरेको छ । 

कलेजले कम्प्युटर म्यानेजमेण्ट पढ्ने विद्यार्थीलाई ग्राफिक डिजाइन, भिडियो इडिटिङ, डिजिटल मार्केटिङ लगायतका विषयमा सुविधासम्पन्न ल्याबमा तालिम दिने गरेको छ । 

मानविकी संकायमा पत्रकारिता पढ्ने विद्यार्थीलाई विभिन्न सञ्चार गृहमा इन्टर्नसिपमा लैजाने गरेको छ । उनीहरुलाई व्यवहारिक ज्ञान दिनका लागि र समाचार लेख्न तथा तयार पार्न आवश्यक तालिमसमेत दिने गरेको छ । 

त्यस्तै, कानुन पढ्ने विद्यार्थीलाई मुडकोट तालिम, ल फर्ममा निवेदन तथा मुद्दा लेखन, रिसर्च तथा प्राक्टिसका लागि लैजाने गरिएको छ । कलेजमा नै डमी इजलास तयार पारी कसरी प्रस्तुत हुने, कसरी बोल्ने, विषयमा कसरी प्रवेश गर्ने भनेर सिकाउने गरिएको छ । 

शिक्षालाई सीपसँग जोड्दै

विद्यालय तह नै भएपनि पिनाकल एकेडेमीले आफूले दिएको शिक्षालाई सीपसँग जोड्न हरेक विषयमा प्राक्टिकल कक्षाको स्थापना गरी शिक्षालाई सीपसँग जोड्ने काम गरिरहेको छ । 

यसले ह्युमन रिसोर्स (एचआर)को व्यवस्था गरेर विभिन्न कर्पोरेट हाउस, एनजीओ, बैंक, होटल तथा रेष्टुरेण्ट तथा अन्य जब प्लेसमेण्टका संस्थासँग समन्वय गरेर रोजगारीमा जोड्ने कामसमेत गरिरहेको छ । 

साइन्स पढ्ने विद्यार्थीलाई कक्षा ११ देखि नै प्रिमेडिकल र प्रिइन्जिनियरिङ प्रवेश परीक्षाको तयारीका कक्षासमेत सञ्चालन गर्ने गरेको छ । 

यसले प्लस २ को परीक्षापछि विद्यार्थीलाई मेडिकल, पारा मेडिकल, इन्जिनियरिङ, आईटी, कृषिजस्ता प्राविधिक विषयमा धेरै विद्यार्थीलाई छात्रवृत्तिमा छनोट हुनसमेत सहज हुने गरेको छ ।

DSC_0640-001

छात्रवृत्तिको विशेष व्यवस्था 

पिनाकल एकेडेमीले कक्षा ११ बाटै आफ्ना विद्यार्थीलाई छात्रवृत्तिको विशेष व्यवस्था गरेको छ । एसईईको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, कलेजले लिने इन्ट्रान्स परीक्षामा सफल विद्यार्थी, गरिब, जेहेन्दार, पिछडिएका क्षेत्र, दलित तथा जनजाति आदि विद्यार्थीलाई समेत छात्रवृत्ति दिने गरेको छ । 

पिनाकल एकेडेमीका प्रिन्सिपल डा ऋषि तिवारीका अनुसार एसईईको परीक्षामा जिपिए ४ ल्याउने सबै विद्यार्थीलाई कक्षा ११ र १२ को परीक्षामा शतप्रतिशत छात्रवृत्ति प्राप्त हुन्छ । त्यस्तै एसईईको परीक्षामा जिपिएका आधारमा ३० देखि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था हुन्छ । 

त्यसै गरी, कलेजले लिने इन्ट्रान्स परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्तिको व्यवस्था हुन्छ । इन्ट्रान्स परीक्षामा आएको अंकका आधारमा मेरिट लिष्टका आधारमा अन्य विद्यार्थीलाई पनि छात्रवृत्तिको व्यवस्था गरिन्छ । 

उता, भौगोलिक विकटता र आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि कागजातका आधारमा छात्रवृत्ति दिने गरेको कलेजले जनाएको छ । 

त्यस्तै दलित, जनजाति सीमान्तकृत र पिछडिएका जातजातिका विद्यार्थीलाई पनि छात्रवृत्तिको व्यवस्था गर्ने गरेको कलेजले जनाएको छ । स्थानीय तहको नियमानुसार प्राप्त हुने अन्य छात्रवृत्ति पनि कलेजले उपलब्ध गराउने प्रिन्सिपल तिवारीले बताएका छन् । 

कक्षा ११ मा पाएको छात्रवृत्ति निरन्तर

उपत्यकामा सञ्चालित अधिकांश प्लस टु कलेजहरुले कक्षा ११ मा दिने छात्रवृत्ति कक्षा १२ मा दिने गरेका छैनन् । विद्यार्थीलाई कक्षा ११ मा धेरै छात्रवृत्ति दिएको भन्ने तर कक्षा १२ मा पुगेपछि त्यो त कक्षा ११ मा मात्रै हो भनेर कक्षा १२ मा महँगो शुल्क लिने गरेका छन् । 

तर, पिनाकल एकेडेमीले भने कक्षा ११ मा विद्यार्थीसँग जति शुल्क लिने हो कक्षा १२ मा पनि त्यही शुल्क कार्यान्वयन हुने बताएको छ । प्रिन्सिपल तिवारीले भने, ‘शैक्षिक संस्थाको न्यूनतम नैतिकता भन्ने त हुन्छ नि । कक्षा ११ मा दिएको कक्षा १२ मा छैन भन्न पाइँदैन । हामी त कक्षा ११ मा जति छात्रवृत्ति दिएको हो, १२ मा पनि त्यही दिन्छौँ । १२ मा पूरै शुल्क लिने भन्ने छैन । 

running-001

औसत शुल्क

ललितपुरको लगनखेलस्थित पिनाकल एकेडेमी राष्ट्रिय स्तरको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल कलेज भए पनि शुल्क भने औसत मात्रै लिने गरेको कलेजले जनाएको छ । 

उपत्यकाका नाम चलेका महँगा कलेजभन्दा कम शुल्कमै गुणस्तरीय र जीवनपयोगी शिक्षा दिने गरेको कलेजले जनाएको छ । शिक्षकलाई दिने तलब भत्ता, कलेजको घरभाडा, बैंकको ब्याज तथा अन्य खर्चलाई हिसाब गरेर शुल्क निर्धारण गरिएको कलेजले जनाएको छ । 

छोटकरीमा पिनाकल एकेडेमी

स्थानः ललितपुरको लगनखेल । पाटन अस्पताल नजिकै । 

पढाई हुने संकाय र विद्यार्थी सङ्ख्या

विज्ञान (बायोलोजिकल र फिजिकल) २७५ जना

व्यवस्थापन (विजनेश म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट र कम्प्युटर साइन्स) ४०० जना

मानविकी (पत्रकारिता) ४५ जना

कानुन ४५ जना

छात्रवृत्ति

उत्कृष्ट नतिजा ल्याउने, इन्ट्रान्स परीक्षाका मेरिट लिष्टका आधारमा, जेहेन्दार विद्यार्थी, पिछडिएका क्षेत्र, गरिब, दलित, जनजाति र खेलकुदमा अब्बल भएका तथा स्थानीय तहको नियमानुसार ।

शुल्क

मध्यम शुल्क (औसत शुल्क)

शुल्कमा वृद्धि 

कक्षा ११ मा लिएकै शुल्क र पाएकै छात्रवृत्ति कक्षा १२ मा पनि पूर्ण रूपमा लागू ।

प्रिन्सिपल

डा. ऋषि तिवारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप