सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् खोकनामा रोपाइँको रौनक
सन्दर्भ : असार १५

तस्बिरमा हेर्नुहोस् खोकनामा रोपाइँको रौनक

शुक्रबार, १५ असार २०८०

काठमाडौँ । आज असार १५, नेपालभर धान दिवस र रोपाइँ मनाइँदै छ । यो महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ समय पनि भनिन्छ ।

कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्ष भरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

 मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । राष्ट्रिय धान दिवसको रूपमा मनाइँदै आएको असार १५ को दिन ललितपुरको खोकनामा किसानहरूले धान रोपेर यो दिवस मनाइरहेका छन् । हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया