राष्ट्रियसभामा विनियोजन विधेयक पेश
शुक्रबार, १५ असार २०८०, १४ : ५६
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उनले सो विधेयक पेश गरेका हुन् ।
अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन विधेयक राष्ट्रियसभामा पेश गर्नुपरेको बताए ।
उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न वाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक पेश गर्नु परेको हो ।’
गत बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सो विधेयक प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण