विवेकशील साझाले पार्टी कार्यालयमा राख्यो सांस्कृतिक मानचित्र
काठमाडौँ । विवेकशील साझा पार्टीले 'ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र' पार्टी कार्यालयमा राखेको छ । शुक्रबार पार्टी कार्यालय बखुन्डोलमा सो पार्टीले ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र राखेको हो । भारतले अखण्ड भारतको नाम दिएर नेपालको भूगोल समेटेर नयाँ संसद भवनमा नक्सा राखेपछि विवेकशील साझाले सांस्कृतिक मानचित्र पार्टी कार्यालयमा राखेको अध्यक्ष समीक्षा बाँसकोटाले बताइन् ।
नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियान चलाउने उनको भनाइ छ । राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदरबार, सेनाको मुख्यालय लगायतमा सांस्कृतिक मानचित्रको नक्सा राख्न दबाब दिने बाँस्कोटाले बताइन् ।
'हामी कहाँ कहाँसम्म पुगेका थियौं र आज के भयो भन्ने जानकारी गराउन खोजेको भन्दै उनले भनिन्, ‘आजैबाट आन्दोलन गर्ने होइन, भाएको भूगोल जोगाउनुपर्छ भनेर सजग गराउने हो ।’
यस्तै विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले सांस्कृतिक मानचित्रको नक्सा देशका सबै प्रशासनिक निकायमा राख्न माग गरे । नेपालको संसद, प्रशासनिक र सार्वजनिक कार्यालयहरुमा सांस्कृतिक मानचित्रको नक्सा राखेर ऐक्यबद्धता जनाउन सरोकारवालालाई पनि अनुरोध गरेको परियारले बताए ।
परियारले पपुलिस्ट हुने र हिजो कतिपयले भन्ने ग्रेटर नेपालको चित्रलाई व्याख्या मात्र नगरेको बताए । उनले भने, ‘एउटा राजनीतिक दलले भएको सम्पदाको सम्वर्धन र प्रबर्धनसक्छ भन्ने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण