मगस, टिभ्स र एनआईसीलाई उपाधि

काठमाडौँ । मगस, टिभ्स र एनआईसीले प्रथम हिमालय एसईइै बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । थ्री बाइ थ्री बास्केटबलको छात्रतर्फ मगस र छात्रातर्फ टिभ्स च्याम्पियन बनेका हुन् ।
छात्र फुटसलमा भने एनआईसी पहिलो भयो । कोटेश्वरस्थित आयोजक हिमालय विद्यालयको कोर्टमा भएको छात्र बास्केटबलको फाइनलमा मगसले विनायक सिद्ध (भीएस)लाई १५.१४ अंकको साँघुरो अन्तरले हरायो । बास्केटबलकै छात्रातर्फको उपाधि भिडन्तमा टिभ्सले ब्राभोलाई ६.४ अंकले पराजित गर्यो । बास्केटबलमा छात्रतर्फ मगसका आशिष थापामगर छात्रातर्फ टिभ्सकी पेम्बा डोल्मा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
यसैगरी छात्र फुटसलको फाइनलमा एनआईसी पहिलो र आयोजक हिमालय दोश्रो भए । एन्जल्स लर्डका सुशील कुमाल उत्कृष्ट खेलाडी घोषित भए । बास्केटबल र फुटसल दुवैमा पहिलो हुने टोलीले १० हजार र दोश्रो हुने टोलीले पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित ७५ प्रतिशत छात्रवृत्ति पाए । सहभागी टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप ५० प्रतिशत छात्रवृत्ति प्रदान गरियो । विजेतालाई हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी