चिकित्सा शिक्षा आयोगलाई नीजि मेडिकल कलेज सञ्चालकहरूको ७ दिने अल्टिमेटम
काठमाडौँ । काठमाडौं नीजि क्षेत्रबाट सञ्चालित मेडिकल कलेज तथा शिक्षालयका सञ्चालकहरूले राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले आफुहरूले अघि सारेका १५ बुँदे माग ७ दिनभित्र सम्बोधन गर्न माग गरेका छन् । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिमार्फत आयोगका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र माग सम्बोधन गर्न भनेका हुन् । संयौंको संख्यामा आयोग कार्यालयमा पुगेका उनीहरूले आयोगका कारण चिकित्सा शिक्षा क्षेत्र तहसनहस भएको बताएका छन् ।
आयोगले आफ्नो स्थापनाको प्रथम वर्ष देखिनै देशभरका चिकित्सा शिक्षाका स्नातक तथा स्नातकोत्तर तहको शुल्क निर्धारण गरी गर्दै आएको छ । शुल्क निर्धारण गर्दा नीजि शिक्षण संस्थाहरू तथा सार्वजनिक शिक्षण संस्थाहरूको लागि एउटै शुल्क निर्धारण गर्दै आएको छ । सार्वजनिक वा सरकारी सम्पत्ति प्रयोग गरी स्थापित सार्वजनिक वा सरकारी संस्था र नीजि शिक्षण संस्थाहरूमा समान शुल्कको व्यवस्था न्यायोचित नभएको उनीहरूको आरोप छ ।
स्तरउन्नतिको प्रतिक्षामा सास्ती खेपिरहेका शिक्षण संस्थाहरूको स्तर उन्नति सम्बन्धी प्रक्रिया तुरून्त सम्पन्न गरी यस शैक्षिक वर्षमा विद्यार्थी भर्ना गर्ने वातावरण सिर्जना गर्न उनीहरूले माग गरेका छन् । सीटीईभीटई ऐन २०४ अनुसारको मापदण्डको आधारमा सञ्चालित प्रमाणपत्र तहको भर्ना अवरुद्ध भएका ७३ वटा नर्सिङ कलेजको भर्ना विना सर्त सुचारु गर्न समेत उनीहरूले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण