बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भिजि ईम्पेक्स र नबिल बैंकबीच सहकार्य

शुक्रबार, १५ असार २०८०, १९ : ५५
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । भिजी इम्पेक्स प्रा.लि.ले नबिल बैंक लिमिटेडसँग  इन्टरनल कम्बसन इन्जिन आईसीई  सवारीसाधन र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको छ । भिजी इम्पेक्स– जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ सुश्री चाँदनी श्रेष्ठले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पत्र अनुसार ग्राहकहरुले नबिल बैंक मार्फत कुनैपनि जि.डब्लु.एमका गाडी खरीद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन् । नबिल बैंकले आईसीई मोडललाई १२.९०% र ईभीको लागि १२.१५% ब्याजदरमा ५०% सम्म अटो कर्जा उपलब्ध रहेको बताइएको छ ।  

दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ । दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जि.डब्लु.एम नेपालबाट नै आफुलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरूसहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् । 

नेपालको सबैभन्दा ठूलो बैंकमध्ये एकसँगको यो सम्झौताले जि.डब्लु.एमको स्वामित्वलाई सबैका लागि अझ सुलभ बनाउने विश्वास कम्पनीले गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप