भिजि ईम्पेक्स र नबिल बैंकबीच सहकार्य
काठमाडौँ । भिजी इम्पेक्स प्रा.लि.ले नबिल बैंक लिमिटेडसँग इन्टरनल कम्बसन इन्जिन आईसीई सवारीसाधन र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको छ । भिजी इम्पेक्स– जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ सुश्री चाँदनी श्रेष्ठले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पत्र अनुसार ग्राहकहरुले नबिल बैंक मार्फत कुनैपनि जि.डब्लु.एमका गाडी खरीद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन् । नबिल बैंकले आईसीई मोडललाई १२.९०% र ईभीको लागि १२.१५% ब्याजदरमा ५०% सम्म अटो कर्जा उपलब्ध रहेको बताइएको छ ।
दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ । दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जि.डब्लु.एम नेपालबाट नै आफुलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरूसहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।
नेपालको सबैभन्दा ठूलो बैंकमध्ये एकसँगको यो सम्झौताले जि.डब्लु.एमको स्वामित्वलाई सबैका लागि अझ सुलभ बनाउने विश्वास कम्पनीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण