बिल गेट्सको कार्यालयमा महिलालाई सोधियो, 'तपाईको फोनमा नग्न फोटो छ ?'
न्युयोर्क । विश्वका धनी व्यक्ति र माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको कार्यालयबारे एउटा चकित पार्ने खुलासा भएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टका अनुसार बिल गेट्सको निजी कार्यालयका लागि अन्तर्वार्ताका क्रममा महिलाहरूलाई उनीहरूको व्यक्तिगत जीवन, यौन जीवनका बारेमा धेरै प्रश्न सोधिएको थियो ।
बिल गेट्सको अफिसमा अन्तर्वार्ता दिन आएका महिला उम्मेदवारले अन्तर्वार्ताका क्रममा यौन गतिविधि, उनीहरूको पोर्नोग्राफी बानी, विवाह, बाह्य सम्बन्ध, यौन इतिहासलगायतका धेरै अचम्मका प्रश्न सोधिएको बताए ।
मिडिया रिपोर्टका अनुसार यो अन्तर्वार्ता बिल गेट्सको निजी कार्यालय गेट्स भेन्चर्समा काम गर्ने महिलाका लागि लिइएको हो । तर, यी प्रश्नका सम्बन्धमा बिल गेट्सका प्रवक्ताले अन्तर्वार्ताका क्रममा सोधिएका यस्ता प्रश्नबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले उम्मेदवारलाई तेस्रो पक्षले सोधेका प्रश्नबारे आफूलाई जानकारी नभएको स्पष्ट पार्दै सबै आरोप खारेज गरे ।
यति मात्र होइन, यदि यी प्रश्नहरू सोधिएको हो भने त्यो गेट्स भेन्चर्सको सम्झौताको विरुद्धमा रहेको उनले बताए । जानकारीका अनुसार यी अन्तर्वार्ता सुरक्षा परामर्श फर्म कन्सेन्ट्रिक एडभाइजर्सले हालै लिएका हुन् ।
अन्तर्वार्ता लिने महिलाले व्यक्तिगत जीवन, विवाहेतर सम्बन्ध, अश्लील बानीका अलावा फोनमा आफ्ना नग्न तस्बिर छ कि छैन ? भनेर पनि सोधेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण