बिल गेट्सको कार्यालयमा महिलालाई सोधियो, 'तपाईको फोनमा नग्न फोटो छ ?'

न्युयोर्क । विश्वका धनी व्यक्ति र माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको कार्यालयबारे एउटा चकित पार्ने खुलासा भएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टका अनुसार बिल गेट्सको निजी कार्यालयका लागि अन्तर्वार्ताका क्रममा महिलाहरूलाई उनीहरूको व्यक्तिगत जीवन, यौन जीवनका बारेमा धेरै प्रश्न सोधिएको थियो ।
बिल गेट्सको अफिसमा अन्तर्वार्ता दिन आएका महिला उम्मेदवारले अन्तर्वार्ताका क्रममा यौन गतिविधि, उनीहरूको पोर्नोग्राफी बानी, विवाह, बाह्य सम्बन्ध, यौन इतिहासलगायतका धेरै अचम्मका प्रश्न सोधिएको बताए ।
मिडिया रिपोर्टका अनुसार यो अन्तर्वार्ता बिल गेट्सको निजी कार्यालय गेट्स भेन्चर्समा काम गर्ने महिलाका लागि लिइएको हो । तर, यी प्रश्नका सम्बन्धमा बिल गेट्सका प्रवक्ताले अन्तर्वार्ताका क्रममा सोधिएका यस्ता प्रश्नबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले उम्मेदवारलाई तेस्रो पक्षले सोधेका प्रश्नबारे आफूलाई जानकारी नभएको स्पष्ट पार्दै सबै आरोप खारेज गरे ।
यति मात्र होइन, यदि यी प्रश्नहरू सोधिएको हो भने त्यो गेट्स भेन्चर्सको सम्झौताको विरुद्धमा रहेको उनले बताए । जानकारीका अनुसार यी अन्तर्वार्ता सुरक्षा परामर्श फर्म कन्सेन्ट्रिक एडभाइजर्सले हालै लिएका हुन् ।
अन्तर्वार्ता लिने महिलाले व्यक्तिगत जीवन, विवाहेतर सम्बन्ध, अश्लील बानीका अलावा फोनमा आफ्ना नग्न तस्बिर छ कि छैन ? भनेर पनि सोधेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा र मुख्यसचिवको फरक–फरक धारणाले गिजोलियो कर्मचारी विधेयक
-
‘सगरमाथा संवाद’ कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ : प्रभु साह
-
महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त