महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता
शनिबार, १६ असार २०८०, २२ : ०८
दार्चुला । दार्चुलाको सदरमुकाम खलङ्गामा पर्ने रिङनतालस्थित महाकाली नदिमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शनिवार साँझ ४ बजे अन्दाजी ३४ ÷ ३५ वर्षका पुरुष महाकाली नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको खोजी कार्यका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । यो समाचार तयार पार्दासम्म उक्त पुरुष बेपत्ता नै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगत् गाहामगरले बताए । पुरुष हाम फालेको ठाउँमा चप्पल मात्रै फेला परेको छ । बेपत्ता पुरुषको खोजी कार्य भइरहेको दार्चुला प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण