सेयर बजार
नेप्सेमा ५३ अंकको पहिरो, ५ अर्बको कारोबार
आइतबार, १७ असार २०८०, १५ : ३०
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजार परिसूचक नेप्सेमा ५३ अंकमाथिको पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५३.७० अंकले घट्दै २ हजार ९७.२९ अंकको विन्दुमा ओर्लिएको हो ।
आज सेन्सेटिभ इन्डेक्स समेत १२.२३ अंकले घट्दै ३९०.५२ अंकको विन्दुमा ओर्लिएको छ ।
५३ अंकमाथिले नेप्से सूचक घट्दैगर्दा आज दोस्रो बजारमा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदा सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ४.७५ प्रतिशतले घट्न पुगेको छ । बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिर्जना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३२ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण