‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’लाई प्रधानमन्त्री प्रचण्डले के भने ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ युनिटलाई सफलताको शुभकामना दिएका छन् । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग भेट गरेको हो ।
प्रधानमन्त्री दाहालको इच्छा अनुसार युनिटले भेट गरेको हो । भेटमा प्रधानमन्त्री दाहालले ‘एक पटकको नेपाली सधैको नेपाली’ प्रतियोगीताको थिम आफूलाई मनपरेको बताएको भेटमा सहभागी कलाकार मिथिला शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार भेटमा प्रधानमन्त्री दाहालले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का विदेशबाट आएका प्रतियोगी, निर्णायक र आयोजकलाई समेत राम्रो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।
भेटमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विदेशबाट सहभागी प्रतियोगीले कार्यक्रमको अनुभव समेत प्रधानमन्त्रीलाई सुनाएका थिए ।

भेटमा आयोजक इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनको तर्फबाट प्रधानमन्त्री दाहाललाई कार्यक्रम देशको कलासंस्कृति अन्तराष्ट्रिय स्तरमा जोड्ने उदेश्यले आयोजना भएको जानकारी गराए ।
प्रधानमन्त्रीसँग भेट्न कार्यक्रमको तर्फबाट अभिनेत्री मिथिला शर्मा, केकी अधिकारी, दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार लगायतको करिब तीन दर्जन सहभागी थिए ।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गरेको हो ।
प्रतियोगीताको मेरो भ्वाइस युनिभर्सको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान लगायत रहेका छन् ।

त्यस्तै मेरो डान्स युनिभर्सको निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई लगायत रहेका छन् ।
प्रतियोगीको विजेताले एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण