सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दुलहीको फ्लाइङ किस, आमाको डिजे डान्स : विवाह छोडेर भागे दुलहा

सोमबार, १८ असार २०८०, १२ : ४८
सोमबार, १८ असार २०८०

जन्ती लिएर बेहुलीको घर पुगेका एक बेहुलाले अन्ततः विवाह गर्न अस्वीकार गरे । विवाह स्थलमा केही यस्ता कुराले उनलाई असहज बनाएका कारण उनी बेहुली नलिईकनै फर्किएका छन् । 

घटना भारतको हो । त्यहाँको हयातनगर थाना इलाकाका एक युवकको विवाह नजिकै गाउँकी युवतीसँग हुने निश्चित भयो । दुवै पक्षले विवाहको मिति तोके । निर्धारित समय अनुसार विवाहको दिन बेहुला जन्ती लिएर युवतीको घर गए । 

विवाह चलिरहेका बेला सुरु भयो डान्स

जन्तीको स्वागत सुरु भएदेखि नै केही गडबडी महसुस गरियो । सबै कार्यक्रम राम्रै चलिरहेको थियो तर अचानक दुलहीकी आमा डिजेको गीतमा नाच्न सुरु गरिन् । 

दुलहीकी आमाको फरक शैली देखेर जन्ती दङ्ग

यति बेला दुलहाको नजर आफ्नी सासूमाथि पर्दा उनलाई असहज महसुस भयो । तर दुलहीकी आमालाई केही कुरा परवाह थिएन । उनले डिजेको गीतमा नाच्दै चुरोट पिउँदै हावामा धुवाँ उडाउन थालिन् । यो दृश्य त झन् दुलहाले हेर्ने सकेनन् । त्यसपछि उनले मान–मर्यादाको सीमा नाघेको भन्दै दुलहीसँग सात फेरा लिन अस्वीकार गरे । 

Captureदुलहालाई फकाइयो तर मानेनन्

दुलहाको निर्णय सुनेर दुलही पक्ष स्तब्ध भए । उनीहरुले दुलहा र उनको परिवारलाई फकाउन सुरु गरे । तर दुलहाले सासूको व्यवहार देखेर विवाह नगर्ने निर्णय लिइसकेका थिए । अन्ततः जन्ती दुलही नलिईकनै फर्कियो ।

दुलहाका बुवाले भने, ‘दुलहीकी आमाले रक्सी पिएकी थिइन्’

यो विषयमा दुलहीका बुवाले एक भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेका छन् । उनले भने, ‘विवाहको दिन डिजेमा नाच चलिरहेको थियो र दुलहीकी आमाले रक्सी पिएकी थिइन् । हामीले केटीलाई हेरेर नै विवाह निश्चित गरेका थियौँ । दुवैतिरको व्यवस्था मिलाउनुपर्छ भनेर दुलही पक्षको खर्च पनि हामीले उठाएका थियौँ । जन्ती ढोकामा आइपुग्दा, दुलहीकी आमाले आरतीको थालीसमेत समात्न सकिरहेकी थिइनन् । छोराको विवाह हुन नसक्नुमा ती केटी र उनकी आमा नै हुन् ।’

दुलहीले फ्लाइङ किस दिइरहेकी थिइन् : दुलहाका भाइ

यस्तै, दुलहाका भाइका अनुसार जन्ती घर पुग्दा दुलहीकी आमा बारम्बार डान्स गरिरहेकी थिइन् । उनी नशाले लट्ठिएकी थिइन् । यस्तै, जब दुलही स्टेजमा आइन् तब उनले सबैलाई हात मिलाएर फ्लाइङ किस दिइरहेकी थिइन् । यस्तो व्यवहार देखेर नै दाइले विवाह गर्न नमानेको उनको ठहर छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप