२१ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्बको कारोबार
काठमाडौँ । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २१.३२ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.०२ प्रतिशतले खुम्चेर २०७५ अंकमा आएर रोकिएको हो । यसक्रममा आज ४१ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यद्यपी, १७४ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक २१ अंकले घट्दा ४ अर्ब ५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यसक्रममा आज ९४ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक घटेपनि ३ कम्पनीको सेयरमा उच्च वृद्धि देखिएको छ । आज सीवाईसीएलको सेयर मूल्य १० प्रतिशत बढ्दा बीपीडब्लुको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ । यस्तै, सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । नेप्सेमा कारोबार भएका १३ समूहमध्ये २ वटा समूहको सूचक भने बढेको छ । होटल र टुरिजम तथा व्यापार समूहको सूचकमा उल्लेख्य वृद्धि आएको छ । होटल समूहको सूचक ११४ अंक र व्यापार समूहको सूचक १७ अंकले बढेको छ ।
यसबाहेक अन्य ११ वटा समूहको सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २३० अंकले घटेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक ६२ अंकले घट्दा लघुवित्त समूहको सूचक ५१ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण