सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति बन्नु/नबन्नु गिरिजाबाबुका लागि मुख्य थिएन : नेता रिजाल

सोमबार, १८ असार २०८०, १९ : ०५
सोमबार, १८ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले स्व. गिरिजाप्रसाद कोइरालाका लागि राष्ट्रपति बन्नु/नबन्नुको कुरा प्रमुख विषय नरहेको स्पष्ट पारेका छन् । 

सोमबार नेपाल प्रेस युनियनले काठमाडौँमा गरेको श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व.गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्व. कोइरालालाई आफूले राष्ट्रपति नबनाएकोमा पश्चताप लागेको बताएका थिए ।  

प्रधानमन्त्री प्रचण्डले आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा पश्चताप लागेको बताएका थिए । 

प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे नेता रिजालले स्व. कोइरालालाई प्रधानमन्त्री प्रचण्डले जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरेपनि नपुग्ने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई स्व. गिरिजाप्रसाद कोइरालालाई धेरै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने नठान्न आग्रह गरे । उनले काँग्रेससँगको प्रधानमन्त्रीको अहिलेको यात्रा १२ बुँदे समझदारीको निरन्तरता भएको बताए ।

नेता रिजालले प्रधानमन्त्री प्रचण्डले १२ बुँदै सम्झौताको हरेक मसीको गहिराइलाई गम्भीरतापूर्वक बुझेर अघि बढे राजनीतिक जीवन नेपाली जनताको सेवा गर्ने अवसर हुने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप