राष्ट्रपति बन्नु/नबन्नु गिरिजाबाबुका लागि मुख्य थिएन : नेता रिजाल
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले स्व. गिरिजाप्रसाद कोइरालाका लागि राष्ट्रपति बन्नु/नबन्नुको कुरा प्रमुख विषय नरहेको स्पष्ट पारेका छन् ।
सोमबार नेपाल प्रेस युनियनले काठमाडौँमा गरेको श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सोमवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व.गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्व. कोइरालालाई आफूले राष्ट्रपति नबनाएकोमा पश्चताप लागेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा पश्चताप लागेको बताएका थिए ।
प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे नेता रिजालले स्व. कोइरालालाई प्रधानमन्त्री प्रचण्डले जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरेपनि नपुग्ने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई स्व. गिरिजाप्रसाद कोइरालालाई धेरै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने नठान्न आग्रह गरे । उनले काँग्रेससँगको प्रधानमन्त्रीको अहिलेको यात्रा १२ बुँदे समझदारीको निरन्तरता भएको बताए ।
नेता रिजालले प्रधानमन्त्री प्रचण्डले १२ बुँदै सम्झौताको हरेक मसीको गहिराइलाई गम्भीरतापूर्वक बुझेर अघि बढे राजनीतिक जीवन नेपाली जनताको सेवा गर्ने अवसर हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण