मन्त्री मोदी दक्षिण कोरिया प्रस्थान

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी दक्षिण कोरिया प्रस्थान गरेका छन् । दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023) मा सहभागी हुन मन्त्री मोदी त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठकमा विश्वका ४६ देशका प्रतिनिधिसहित ३१ वटा देशका मन्त्रीहरु सहभागी हुँदैछन् ।
बैठकमा सबै देशका मन्त्रीहरुले आआफ्नो देशको ग्रामीण विकासबारे धारणा राख्नेछन् । मन्त्री मोदीले नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्नेछन् । नेपालको ग्रामीण विकासको अवस्था, चुनौती र सम्भावनाका विषयमा मन्त्री मोदीले आफ्नो धारणा राख्नेछन् ।
कोरियास्थित् आन्तरिक तथा सुरक्षा मन्त्रालयाको सहकार्यमा यो कार्यक्रम कोरिया ग्रामीण विकास केन्द्र (korea saemual undong center)ले आयोजना गरेको हो ।
दक्षिण कोरियाको दोश्रो ठूलो सहरको रुपमा स्थापित बुसानमा भएका विकास निर्माणबारे पनि मन्त्री मोदी लगायतले अनुगमन गर्ने कार्यतालिका छ । यो कार्यक्रम शुक्रबारसम्म जारी रहनेछ । मन्त्री मोदी शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्
-
म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा
-
युरोप अब ओरालो लागेको अमेरिकाको पछि लाग्नु हुँदैन
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय