स्कटल्यान्डसँग हारेपछि जिम्बाबे विश्वकप खेल्नबाट बञ्चित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबार भएको सुपर सिक्स चरणको खेलमा स्कटल्यान्डले जिम्बाबेलाई ३१ रनले हराएको छ । स्कटल्यान्डसँग पराजित भएपछि घरेलु टोली जिम्बाबेले आगामी एकदिवसीय विश्वकप खेल्न नपाउने भएको छ ।
टस हारी पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ३४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयोजक राष्ट्र जिम्बाबेले भने ४१.१ ओभरमै अलआउट हुनुअघि दुई सय तीन रमात्र बनाउन सक्यो ।
सुपर सिक्स चरणको अंक तालिकामा सबैभन्दा माथि रहने दुई टोली यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुने प्रावधान छ । मंगलबारको नतिजापछि श्रीलंका आठ अंकसहित विश्वकपमा छनोट भएको छ ।
स्कटल्यान्ड र जिम्बाबेको ६—६ अंक पुगेको छ । तर, स्कटल्यान्डले नेट रनरेटमा जिम्बाबेलाई पछि पारेको छ । जिमबाबेले सुपर सिक्स चरणमा सबै खेल खेलिसकेको छ । स्कटल्यान्डले भने अझ एक खेल खेल्न बाँकी छ । स्कटल्यान्डले सुपर सिक्स चरणको आफ्नो अन्तिम खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।
दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज पनि यसअघि नै विश्वकप खेल्नबाट बञ्चित भइसकेको छ । एकदिवसीय विश्वकपको इतिहासमा पहिलो पटक वेस्ट इन्डिज अनुपस्थित रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार