महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते
महोत्तरी । महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा मंगलवार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् । उनको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिए ।
कन्चट नजिक र दाहिने कुम माथिको भागमा गोली लागेका यादवलाई अस्पताल भर्ना गरिएको छ । उनीमाथि गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । आक्रोशित स्थानीयले मण्डललाई पनि कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराइ थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिप गिरीले बताए । यादवलाई दुईवटा गोली लागेको र अहिले उपचार चलिरहेको चिकित्सक सौरभ कर्णले बताए ।
उनले गोलीले रगत नलीलाई नछोएकाले बढी रक्तश्राव हुन नपाउँदा बिरामी खतरामुक्त रहेको कर्णको भनाई छ । त्यस्तै गोली लागेका यादवका आफन्त सुदीपकुमार यादवले कुकुरका लागि झगडा हुँदा गोली चलाएको बताए । ‘पेसेन्टलाई गोली लागेको भनेर ल्याइएको थियो, दाहिने तिरको घाँटीको माथिबाट गोली लागेर आँखाभन्दा ठिक तलबाट निस्किएको थियो’ कर्णले भने, ‘अर्को गोली छातीमा लागेको थियो । रगत नली बँचेकाले उहाँलाई धेरै जोखिम भएन ।’ घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, ३ थान गोलीको खोका बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण