नदी किनारको जग्गा ओगटेर बस्ने भूमाफियाहरुलाई कारबाही गर्नुपर्छ : सांसद गैरे
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित हुन नपर्ने कुराको अन्त्य गर्नुपर्ने बताए ।
उनले नदी किनार ओगटेर बस्नेहरुको अवरोध हटाउनु पर्ने बताए ।
सांसद गैरेले नदी किनारका ८० प्रतिशत बस्तीहरु भूमाफियाको कब्जामा रहेको भन्ने तथ्य आइरहेको भन्दै बाधालाई हटाएर भूमाफियाहरु बनेर बसिरहने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्ने र वास्तविक सुकुम्वासी पहिचान गरी सरकारले बनाएको आवासमा स्थानान्तरण गर्नुपर्ने बताए ।
सांसद गैरेले सरकारले बनाएको आवासमा बस्न अटेर गर्नेहरुलाई सोही अनुसारको कारबाही गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण