त्रिचन्द्र क्याम्पसका प्राध्यापक कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक पाएनन्, आन्दोलनको घोषणा
काठमाडौँ । त्रिचन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरूले एक वर्षदेखि बृद्धि गरिएको तलब नपाएको गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७९/०८० को शुरूदेखि लागू हुनेगरी बृद्धि भएको तलब–भत्ता आर्थिक वर्षको अन्तिम महिना बित्नै लाग्दा समेत नपाएको बताएका हुन् । त्यस्तै आंशिक रूपमा प्राध्यापनरत प्राध्यापकहरूले समेत पाउनुपर्ने पारिश्रमिक लामो समयदेखि नपाएको उनीहरूको भनाई छ । लामो समयदेखि तलब भत्ता नपाएपछि प्राध्यापक संघ त्रि–चन्द्र क्याम्पस एकाइ समितिले आपत्ति जनाएको छ ।
लामो समयसम्म पारिश्रमिक पाउन नसकेकाले प्राध्यापक एवं कर्मचारी वर्ग निरास भइरहेको संघको भनाई छ । उक्त समस्याको समाधान तीन दिनभित्रमा समाधान नभएको खण्डमा २१ गतेका दिन नियमित परीक्षामा बाधा नपरी पेन डाउन गरी यस क्याम्पस अन्तर्गतका पठनपाठन सम्बन्धी सम्पूर्ण कार्य बन्द गरिने र अन्य सशक्त संघर्षका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण