पूर्व गृहसचिव नारायणगोपाल मलेगो सीआईबीको छानबिनमा
काठमाडौँ । ललिता निवास प्रकरणमा गृह मन्त्रालयका पूर्वसचिव नारायणगोपाल मलेगो विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन थालेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन मलेगोको पनि भूमिका देखिएपछि छानबिन थालिएको सिआईबीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
मलेगो २०७२ मङ्सिर ६ देखि ०७३ भदौ ८ सम्म गृह मन्त्रालयको सचिव थिए । भौतिक योजना तथा निर्माण मन्त्रालयको सह–सचिव हुँदा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा मलेगोको संलग्नता देखिएको छ ।
त्यसबेला भौतिक योजना तथा निर्माण मन्त्रालयले बालुवाटारस्थित ललिता निवास परिसरमा ‘बाटो विस्तार गर्नुपर्छ’ भन्ने प्रस्ताव मन्त्रिपरिषद्ले पठाएको थियो । भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातले पठाएको प्रस्तावमा मलेगोले पनि हस्ताक्षर गरेको अनुसन्धानबाट थाहा भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का अनुसन्धान अधिकृतका अनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयको प्रस्तावको टिप्पणी तत्कालीन सह–सचिव मलेगोले ‘राय सहित’ पेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण