शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी थरबारे गुजरात उच्च अदालतले राहुल गान्धीविरुद्ध सुनायो यो निर्णय

शुक्रबार, २२ असार २०८०, ११ : ५६
शुक्रबार, २२ असार २०८०

गुजरात उच्च अदालतले शुक्रवार मोदी थरलाई लिएर आपराधिक मानहानि मुद्दामा राहुल गान्धी विरुद्ध आफ्नो फैसला सुनायो ।

गुजरात उच्च अदालतले यस मामिलामा राहुल गान्धीको समीक्षा याचिका खारेज गरेको छ ।

राहुल गान्धीले यस मामिलामा सूरत अदालतको आदेशबिरूद्ध पुनर्विचार याचिका दायर गरेका थिए  जसमा दोषी ठहर गर्ने निर्णयमाथि रोक लगाउन माग गरिएको थियो । 

राहुल गान्धीको याचिका खारेज गर्दै गुजरात उच्च अदालतका न्यायाधीश हेमन्त प्रच्छकले उनी विरुद्ध कम्तीमा १० आपराधिक मुद्दाहरू विचाराधीन भएको बताए ।

उनका अनुसार अहिलेको मुद्दा पछि राहुल गान्धीविरुद्ध अरू पनि मुद्दा दायर गरिएको छ । यी मध्ये एक मुद्दा वीर सावरकरका नातिले पनि दायर गरेका छन् ।

न्यायाधीश हेमन्त प्रच्छकले राहुल गान्धीलाई दोषी ठहर गर्ने निर्णय उनीमाथिको अन्याय भन्न नमिल्ने बताएका छन् । उनले भने, ‘यो निर्णय पूर्णतया जायज छ ।’

उनले यो आदेशमा हस्तक्षेप गर्न आवश्यक नरहेको भन्दै निवेदन खारेज गरिएको बताए ।

सन् २०१९ को चुनावी अभियानमा राहुल गान्धीले कर्नाटकको कोलारमा ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि गुजरातमा भाजपा नेता पूर्णेश मोदीले यो बयानका लागि सूरत अदालतमा मुद्दा दर्ता गरेका थिए । 

मार्च २०२३ मा, सुरतको अदालतले राहुल गान्धीलाई मुद्दामा दोषी ठहर गर्‍यो  र उनलाई अधिकतम दुई वर्षको सजाय सुनायो । 

लोकसभा सचिवालयले नियम उद्धृत गर्दै एक नोटिस जारी गर्‍यो र राहुल गान्धीलाई सांसद पदबाट अयोग्य ठहर गर्‍यो ।

यस विषयमा राहुल गान्धी फेरि अदालत पुगे ।

गुजरात उच्च अदालतमा सुनुवाइ भयो र निर्णय सुरक्षित राख्दै अदालतले गर्मी बिदा पछि निर्णय सुनाउने भनेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप