मोदी थरबारे गुजरात उच्च अदालतले राहुल गान्धीविरुद्ध सुनायो यो निर्णय
गुजरात उच्च अदालतले शुक्रवार मोदी थरलाई लिएर आपराधिक मानहानि मुद्दामा राहुल गान्धी विरुद्ध आफ्नो फैसला सुनायो ।
गुजरात उच्च अदालतले यस मामिलामा राहुल गान्धीको समीक्षा याचिका खारेज गरेको छ ।
राहुल गान्धीले यस मामिलामा सूरत अदालतको आदेशबिरूद्ध पुनर्विचार याचिका दायर गरेका थिए जसमा दोषी ठहर गर्ने निर्णयमाथि रोक लगाउन माग गरिएको थियो ।
राहुल गान्धीको याचिका खारेज गर्दै गुजरात उच्च अदालतका न्यायाधीश हेमन्त प्रच्छकले उनी विरुद्ध कम्तीमा १० आपराधिक मुद्दाहरू विचाराधीन भएको बताए ।
उनका अनुसार अहिलेको मुद्दा पछि राहुल गान्धीविरुद्ध अरू पनि मुद्दा दायर गरिएको छ । यी मध्ये एक मुद्दा वीर सावरकरका नातिले पनि दायर गरेका छन् ।
न्यायाधीश हेमन्त प्रच्छकले राहुल गान्धीलाई दोषी ठहर गर्ने निर्णय उनीमाथिको अन्याय भन्न नमिल्ने बताएका छन् । उनले भने, ‘यो निर्णय पूर्णतया जायज छ ।’
उनले यो आदेशमा हस्तक्षेप गर्न आवश्यक नरहेको भन्दै निवेदन खारेज गरिएको बताए ।
सन् २०१९ को चुनावी अभियानमा राहुल गान्धीले कर्नाटकको कोलारमा ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि गुजरातमा भाजपा नेता पूर्णेश मोदीले यो बयानका लागि सूरत अदालतमा मुद्दा दर्ता गरेका थिए ।
मार्च २०२३ मा, सुरतको अदालतले राहुल गान्धीलाई मुद्दामा दोषी ठहर गर्यो र उनलाई अधिकतम दुई वर्षको सजाय सुनायो ।
लोकसभा सचिवालयले नियम उद्धृत गर्दै एक नोटिस जारी गर्यो र राहुल गान्धीलाई सांसद पदबाट अयोग्य ठहर गर्यो ।
यस विषयमा राहुल गान्धी फेरि अदालत पुगे ।
गुजरात उच्च अदालतमा सुनुवाइ भयो र निर्णय सुरक्षित राख्दै अदालतले गर्मी बिदा पछि निर्णय सुनाउने भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण