पश्चिम बङ्गालमा चुनावी हिंसा, ४ जनाको मृत्यु
शुक्रबार, २२ असार २०८०, १७ : ४९
कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् । सरकारी अधिकारीहरूका अनुसार परगना,वीरभूम,दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका हुन् ।
एक जनाको भने घरेलु बम बनाउने क्रममा मृत्यु भएको हो । विपक्षी दलका कार्यकर्तालाई तर्साउन बम बनाइरहेका बेला त्यो विष्फोट भएको बताइएको छ । उनी कांग्रेस समर्थक कार्यकर्ता थिए । प्रहरीले घटनास्थलबाट बम बनाउने सामग्री समेत बरामद गरेको छ । पश्चिम बङ्गालमा शनिबार स्थानीय निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण