यसकारण रोकियो मधेस प्रदेशसभामा बजेटमाथिको छलफल
जनकपुरधाम । असार १ गते बजेट ल्याएपछि स्थगित मधेस प्रदेशसभाको बैठक २३ औं दिनपछि शनिवार १ बजे बस्यो । प्रदेशसभाको बैठकमा बजेटमाथि छलफल गर्ने लगायतका कार्यसूची तय थिए । तर, केहीबेरमै उक्त बैठक अवरुद्ध भयो । नेकपा एमालेका सांसदहरुले बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै विरोध गरे । उनीहरुले सो विषयमा जवाफ माग्दै बैठक अवरुद्ध गरेका हुन् ।
बैठकमा नेकपा एमाले मधेस प्रदेश दलका उपनेता दीपेन्द्र ठाकुरले अर्थमन्त्रीले बजेट रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए । उनले बजेट सेसन अन्त्य भएपछि के कति कारणले रकमान्तर भएको भन्दै जवाफ मागे र बैठक अवरुद्ध गरे । लगत्तै सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरे । स्थगित बैठक फेरि बसेन । आजको बैठकको कार्यसूची त्यतिमै सिमित भयो ।
मधेस प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री सञ्जयकुमार यादवले नेकपा एमालेका सांसदहरुले बेतुकमा सदन अवरुद्ध गरेको बताए । उनले भने, ‘एमालेले प्रदेशसभाको बैठक अवरुद्ध पारेर सरकारले ल्याएको बजेटलाई प्रभावित पार्न खोजेको छ ।’
सदनमा कार्यक्रम प्रस्तुत नहुँदै विरोध गर्नु गैरसंवैधानिक भएको उनले बताए । रकमान्तरलाई बहाना बनाउँदै बजेट उपरको छलफललाई प्रभावित पार्न एमालेले सदन अवरुद्ध गरेको मन्त्री यादवले बताए । सरकारलाई असफल बनाउन एमाले यस्तो क्रियाकलापमा लागेको उनको आरोप छ ।
सरकारबाट भएको त्रृटिको विषयमा सरकार आफै गम्भीर भएको उनले बताए । मन्त्री यादवले एमालेसँग छलफल गरेर आइतवारदेखि पुनः सदन सञ्चालन गर्ने वातावरण बनाइने बताए । आजको बैठकमा अर्थमन्त्री यादवले प्रदेश सरकारको आव २०८०÷८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
यस्तै, अर्थमन्त्री यादवले विनियोजन विधेयक, २०८० सभामा प्रस्तुत गर्ने र मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र त्यसलाई पारित गर्ने कार्यसूची रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण