राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित
जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । भिसी, रजिष्ट्रार, डीन र प्रमुख नियुक्त गर्न माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।
सरकारलाई विश्वविद्यालयको रिक्त पद र क्याम्पस प्रमुख नियुक्त गर्न माग गर्दै आन्दोलित विद्यार्थीहरुले आइतबार जनकपुरधामस्थित सडकमा प्रदर्शन गर्दै एक घण्टा चक्काजाम गरेका हुन् ।
विद्यार्थीहरुले १८ महिनादेखि विश्वविद्यालयमा भिसी, रजिष्ट्रार र डीनको पद रिक्त रहेकाले पदपूर्ति गर्न माग गरेका छन् । त्यस्तै ४ महिनादेखि क्याम्पस प्रमुख नभएका कारण विश्वविद्यालयको अवस्था अस्तव्यस्त भएको विद्यार्थीहरुको आरोप छ ।
यसअघि नै प्रधानमन्त्री, संघीय शिक्षामन्त्री, मधेस प्रदेशका मुख्यमन्त्री, धनुषाका सीडीओ र जनकपुरधाम उपमहानगरपालिकाका मेयरलाई पनि विश्वविद्यालयको अवस्थाबारे ज्ञापन पत्रमार्फत आवश्यक पहलकदमी लिन उनीहरुले आग्रह गरेका थिए ।
विश्वविद्यालय र क्याम्पसको अवस्थाप्रति सरकार गम्भीर नभएपछि आन्दोलन गर्न बाध्य भएको राजर्षि जनक विश्वविद्यालय संघर्ष समितिका सन्तोष यादवले बताए ।
उनले माग पूरा नभए थप आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने चेतावनीसमेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण