दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ
काठमाडौँ । दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे ।
पछिल्लो २४ घण्टामा उरुज्गान प्रान्तबाट लागुऔषधसहित ती व्यक्ति, पूर्वी खोस्त प्रान्तबाट थप तीन जना र परवान प्रान्तबाट एक जना लागु औषध तस्करलाई पक्राउ गरिएको कानीले बताए ।
प्रवक्ताले थप विवरण नदिइकन प्रहरीले पक्तिका र परवान प्रान्तमा लागुऔषध विरोधी अभियान अन्तर्गत २०० एकड अफिम पनि नष्ट गरेको बताए ।
अफगानिस्तानको राजधानी काबुल शहरमा पछिल्लो २४ घण्टामा लागू औषध ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, हेरात प्रान्तमा पछिल्लो एक सातामा करिब एक दर्जन लागुऔषध तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।
अफगानिस्तानको कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा जारी गरेको आदेशमा अफिमलगायत अवैध बालीको खेती, लागू औषध प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाइएको घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण