११ महिनामा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) २२.७ प्रतिशतले वृद्धि भएको जनाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई रु.१११२ अर्ब ५२ करोड पुगेको बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको समीक्षासहितको रिपोर्टमा उल्लेख गरेको छ ।
सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०।५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँबाट माइक्रो बस चोरी गर्ने धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू
-
योजना आयोगका उपाध्यक्ष अधिकारी र अर्मिडा सेल्सियाबिच भेटवार्ता