एआईले पत्ता लगायो बुढ्यौली रोक्ने शक्तिशाली अणु, छिट्टै बन्नेछ औषधी

बुढेसकाल कम गर्ने औषधी छिट्टै पाइने अनुमान गरिएको छ किनभने जवान बनाइराख्ने सबैभन्दा शक्तिशाली अणु भेटिएको छ । यसलाई पत्ता लगाएको छ एक आर्टिफिसियल इन्टेलिजेन्सले । अर्थात् एआईले । खासमा कुनै पनि कुराको औषधी खोज्नु निकै कठिन काम हो । यो काममा धेरै मेहनत र समय लाग्छ तर एआईमार्फत अर्थात् मेसिन लर्निङमार्फत् यो काम सहज हुनसक्छ । युनिभर्सिटी अफ एडिनबर्गका इन्स्टिच्युट अफ जेनेटिक्स एन्ड मोलिक्युलर मेडिसिनका शोधकर्ता वेनेसा मेर–बारेटोले एआईको प्रयोग गरेर तीन यस्ता शक्तिशाली अणु पत्ता लगाएको जानकारी दिएकी छिन् । यसले सेनोलाइटिक ड्रग बनाउन मद्दत गर्नेछ ।
यो यस्तो औषधी हो जसले बुढेसकालमा लाग्ने रोगबाट जोगाउँछ । सेनोलाइटिक औषधीले सेनेसेन्ट कोशिकालाई मार्छ । यसले कोशिकालाई जिउँदो राख्छ । छालाको कोशिका सूर्यको किरणले क्षतिग्रस्त हुन्छ । यसले रेप्लिकेसन गर्न अर्थात् आफैँले थप कोशिका पैदा गर्ने प्रक्रिया रोक्छ । जसका कारण यसको असर आसपासको कोशिकामा पर्छ । त्यसपछि यी सबैले रेप्लिकेसन रोक्छ र त छालामा चाउरी पर्न सुरु हुन्छ । छाला लचिलो हुन थाल्छ । झुन्डिन थाल्छ । यो नै बुढेसकालको लक्षण हो ।
सेनेसेन्ट कोशिका सधैँ राम्रो हुन्छ भन्ने हुँदैन । यसले यस्ता प्रोटिन रिलिज गर्छन् जसले आसपासका कोशिकालाई प्रभावित गर्छ । धेरै समयसम्म यो प्रक्रिया चलिरहँदा पूरा शरीरमा यो प्रोटिन फैलन्छ । यसो हुँदा सूर्यको किरणलाई तपाईं सहन सक्नुहुन्न । सेनेसेन्ट कोशिकाको धेरै मात्राले पनि हानी गर्छ । यसले विभिन्न खालका रोग निम्त्याउँछ जस्तै : टाइप–२ मधुमेह, पल्मोनरी फाइब्रोसिस, अस्टियोआर्थराइटिस र क्यान्सर ।
मुसाको सेन्सेन्ट कोशिकामा सेनोलाइटिक्स प्रयोग गर्दा उनीहरूलाई रोगबाट बचाउन सकिन्छ भनेर प्रयोगशालामा पुष्टि भइसकेको छ । सेनोलाइटिक औषधीले यी कोशिकालाई मारेर स्वस्थ र रेप्लिकेट गर्ने सेल्सलाई सही सलामत राख्छ । हालसम्म विश्व भरी ८० सेनेलाइटिक औषधीबारे खोजी भइसकेको छ । तर दुई वटा मात्र औषधीको परीक्षण मानिसमा भएको छ । यी औषधी थिए डासाटिनिब र क्वारसेटिनको मिश्रण । यसलाई सेनोलाइटिक मिसाइयो भने अर्को २० वर्षसम्म बुढेसकाल रोक्न सकिनेछ । बुढेसकालसँग सम्बन्धित रोगलाई निको पार्न सकिनेछ ।
अनुसन्धाता वेनेसा मेर–बारेटोले भनिन्, ‘हाम्रा साथीले स्पेनको नेशनल रिसर्च काउन्सिलका वैज्ञानिक नयाँ सेनोलाइटिक केमिकलको खोजी गर्न चाहन्थे । हामी सबैले एक मेसिन लर्निङ मोडल बनाए ताकि नयाँ सेनोलाइटिक ड्रग्सको खोजी गर्न सकियोस् । हामीले मोडल्सलाई सेनोलाइटिक र नन–सेनोलाइटिक पदार्थ कुन कुन हुन् ।’
त्यसपछि मोडलले ४३४० मलिक्युल्समा २१ वटा उत्कृष्ट मलिक्युल निकालेर दिए । यो काममा पाँच मिनेटको मात्र समय लाग्यो । यो २१ मलिक्युल्सले नै भविष्यमा बुढेसकाल रोक्ने सबैभन्दा उत्कृष्ट औषधी बन्नेछ । यदि यी मलिक्युलको जाँच प्रयोगशालामा हुन्थ्यो भने यसलाई धेरै समय लाग्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता सुरू
-
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखमाथि दलियो कालोमोसो
-
पत्रकार महासङ्घ काठमाडौँले बुझायो महानगरसहित ११ पालिकालाई ध्यानाकर्षणपत्र
-
क्षेत्राधिकार भन्दा बाहिर गएर परराष्ट्रले लेखेको पत्रको औचित्य छैन : शर्मा
-
यार्सा टिप्न गएका दुई जनाको मृत्यु
-
‘माओवादी फुर्को’ले साना वाममा ठुलो पहिरो, नेसपामा सम्बन्ध बिग्रियो