नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार
सोमबार, २५ असार २०८०, १५ : ४३
काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन २८ अंकमाथिले बढ्दै २ हजार ७७.७६ अंकको विन्दुमा उक्लिएकोमा आज ०.८० अंकले घट्दै २ हजार ७६.९६ अंकको विन्दुमा ओर्लिएको हो ।
तथापि, आज सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढ्दै ३८८.६२ अंकको विन्दुमा उक्लिएको छ ।
आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा समूहको उपसूचक ऋणात्मक भएको छ भने फाइनान्स, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।
झिनो अंकले नेप्से घटेको बजारमा आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८२ हजार कित्ता सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण