भारतले २६ वटा राफेल विमान खरिद गर्दै
सोमबार, २५ असार २०८०, २१ : ३०
नयाँदिल्ली । भारतले फ्रान्सबाट २६ वटा राफेल लडाकु विमान र तीन स्कोर्पेन पनडुब्बी खरिद गर्ने भएको छ ।
रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार लडाकु विमान र पनडुब्बी खरिदको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणको क्रममा हुने सम्भावना छ । देशले सामना गर्नुपरेका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै भारतीय नौसेनाले विमान र पनडुब्बी खरिदका निम्ति सरकारलाई निरन्तर दबाब दिँदै आएको थियो ।
विमान र पनडुब्बी खरिदका निम्ति रु ९० हजार करोडभन्दा बढी लाग्ने अनुमान गरिएको भए पनि फ्रान्ससँगको खरिद सम्झौता वार्ता निष्कर्षमा नपुगेकाले लागत यकिन भएको छैन । भारतले सम्झौतामा मूल्य सहुलियत खोज्ने छ ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण