मनाङ एयरको हेलिकप्टर दुर्घटना
दुर्घटनाग्रस्त हेलिकप्टर खोज्न काठमाडौँबाट अल्टिच्युड एयरको हेलिकप्टर परिचालन
मङ्गलबार, २६ असार २०८०, १२ : ००

काठमाडौँ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लमजुरा डाँडामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौँबाट हेलिकप्टर परिचालन गरिएको छ । ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको मनाङ एयरका प्रमुख कार्यकारी अधिकृत राजु न्यौपानेले रातोपाटीलाई बताए ।
गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’ का अनुसार १० बजेर १३ मिनेटमा मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर लुक्ला टावरको सम्पर्ककमा आएको थियो । त्यसपछि हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टरमा क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सिकोका नागरिक सवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले