हिमालयन बैंकद्वारा दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी
मङ्गलबार, २६ असार २०८०, १३ : ४१
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ ।
बैंकका खातावाला स्व.ईश्वर गुरागाईँको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजकी पत्नी विमला गुरागाईँलाई सो रकम सोमबार बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतिले हस्तान्तरण गरेका थिए । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरूको दुर्घटना मृत्यु बीमा खरिद गरेको हो ।
हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी बचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनाहरूमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण