मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकद्वारा दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी

मङ्गलबार, २६ असार २०८०, १३ : ४१
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । 

बैंकका खातावाला स्व.ईश्वर गुरागाईँको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजकी पत्नी विमला गुरागाईँलाई सो रकम सोमबार बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतिले हस्तान्तरण गरेका थिए । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरूको दुर्घटना मृत्यु बीमा खरिद गरेको हो । 

हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी बचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनाहरूमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप