सेयर बजारमा सामान्य गिरावट, २ अर्ब ८५ करोडको कारोबार
काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि घट्न थाले पनि दिउँसो १ बजेदेखि सामान्य सुधार आएको थियो ।
तर, पुनः घट्दै परिसूचक ४.७३ अंकले घटेर बन्द भएको हो । यो ०.२३ प्रतिशतको गिरावट हो ।
यसक्रममा आज २ अर्ब ८५ करोड रुपैयाँ बराबरको ७९ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, परिसूचक घट्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७९ वटा कम्पनीको सेयर मूल्यमा भने सुधार आएको छ । यसबाहेक ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।
परिसूचक घटेपनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सुधार आएको छ । आज हिमालयन पावर पार्टनर, एनआईबीएल समृद्धि फण्ड–२, रावा इनर्जी डेभलपमेन्ट, लिबर्टी इनर्जी कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यता सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य भने ५.९६ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा कारोबार भएका ४ समूहको सूचक बढेको छ । बाँकी सबै समूहको सूचक घटेको छ । आज विकास बैंक, वित्तस समूह, उत्पादनमूलक र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण