शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्व बजारमा पठाउनुपर्छ : उपसभामुख राना

मङ्गलबार, २६ असार २०८०, १७ : १६
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरुलाई ब्राण्डिङ गरी विश्व बजारमा पु¥याउन आवश्यक रहेको बताएकी छन् । 

असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भई नेपाल फर्किएपछि मङ्गलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् । 

गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरूलाई ब्राण्डिङ गरी विश्व बजारमा पठाउने गरिएको र नेपालमा पनि आफ्ना स्थानीय उत्पादनहरू ब्राण्डिङ गरी विश्व बजारमा पठाउनुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । 

उनले भनिन्,  ‘त्यहाँको लोकल प्रोडक्टलाई बढी उहाँहरूले अर्ग्यानिक चकलेटहरू बनाएर ब्राण्डिङ गरेर विश्वमा पुर्‍याएको देखियो । यबेन माउताई भन्ने हाम्रो जस्तै रक्सी सेतो, कोदो, अन्नबाट बनाएर ब्राण्डिङ गरेर पठाउने रहेछ, हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्राण्डिङ गर्नुपर्छ जस्तो लागेको छ ।’

उपसभामुख राना नेतृत्वको संसदीय भ्रमण टोली असार २५ गते राति स्वदेश फर्किएको हो ।  भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरु मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र सङ्घीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप