सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप्यो
मङ्गलबार, २६ असार २०८०, २० : ४३

काठमाडौँ । सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको हो ।
सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले काम सम्पन्न गर्न समय लाग्ने भएपछि तीन महिना म्याद थपेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सरकारले गत चैत २० गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्व एआइजी उत्तमराज सुवेदी र पूर्व सहमहान्यायधिवक्ता गणेशबाबु अर्याल सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’