सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप्यो
मङ्गलबार, २६ असार २०८०, २० : ४३
काठमाडौँ । सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको हो ।
सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले काम सम्पन्न गर्न समय लाग्ने भएपछि तीन महिना म्याद थपेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सरकारले गत चैत २० गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्व एआइजी उत्तमराज सुवेदी र पूर्व सहमहान्यायधिवक्ता गणेशबाबु अर्याल सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण