यस्तो छ आजको फलफूल र तरकारीको मूल्य
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो नेपाली गोलभेडा, स्थानीय काउली, लाम्चो भन्टा, भटमासकोशा र पालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ ।
साथै, टनेल गोलभेडा ३८ रुपैयाँ ६० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडको रातो आलु ३९ रुपैयाँ, सुकेको प्याज ५१ रुपैयाँ ४० पैसा, लोकल गाजर र ज्यापु काउली ९५ रुपैयाँ तोकिएको समितिले जनाएको छ ।
उता रातो मूला प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १४ रुपैयाँ २५ पैसा, डल्लो भन्टा ११५ रुपैयाँ, तने बोडी १०२ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ९६ रुपैयाँ, हाइब्रीड घिउ सिमी १०५ रुपैयाँ, टाटे सिमी १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तितो करेला ८६ रुपैयाँ, लौका ७६ रुपैयाँ, परवर, डल्लो फर्सी र ब्रोकाउली प्रतिकेजी ५५ रुपैयाँ, चिचिण्डो र रातो बन्दा ६५ रुपैयाँ, घिरौला ६४ रुपैयाँ, भिण्डी ९४ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।
कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २९६ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा पाइने समितिको भनाइ छ ।
उता, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४३३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११६ रुपैयाँ ६७ पैसा, दसहरी आँप ११५ रुपैयाँ, भुई कटहर १६५ रुपैयाँ, किवि ८५० रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ र भेडे खुर्सानी ७० रुपैयाँ पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण