सडकमा ग्राभेल बिच्छयाउँदा झुट्टा बिल भरपाई भरेर २२ लाख बढी भ्रष्टाचार
काठमाडौँ । सडकमा ग्राभेल बिच्छ्याउँदा २२ लाख ९ हजार ८ सय २३ रुपैँया ४० पैसा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । झापास्थित झापा गाउँपालिकामा लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर सडकमा गाभ्रेल विच्छाउँदा गाउँपालिकाबाट र स्थानीय जनतासँग गरी बजेट विनियोजन भएको थियो । गाउँपालिकाको वडा नं. ३, ६ र ७ स्थित ‘लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल’ योजना कार्यमा फिल्डमा अनुगमन/निरीक्षण नै नगरि नापी किताबमा चढाईएर झुट्टा बिल भरपाई बनाइ कार्यसम्पन्न प्रतिवेदन गरेर उक्त रकम भ्रष्टाचार गरेको आरोप आयोगको छ ।
आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास, सव–इन्जिनियर विज्ञान चम्लागाँई, उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल , कोषाध्यक्ष शान्ता देवी सुब्बा (राई) भन्ने शन्तमाया सुब्बा लिम्बु, झापा गाउँपालिकाका अध्यक्ष बहालवाला अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, गाउँपालिका – ६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर वानिया, वडा ७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा ३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
११ जनामध्ये अधिकांशको भूमिका फरक फरक रहेको आयोगले जनाएको छ । यो समूहले अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य भएर पनि फिल्डमा गएर अनुगमन नगरेको र उपभोक्ता समितिलाई वास्तविक भए गरेको कामभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेको अरोप आयोगको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिन आएकोले कैद र जरिवाना मागदाबी लिएर विशेषमा आरोप पत्र दायर गरेको जानकारी आयोगका प्रवक्ता सहायक प्रवक्ता देवीप्रसाद थपलियाले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण