नेप्से सूचक २५ अंकले बढ्यो, ३ अर्ब १८ करोडको कारोबार
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचकमा बुधबार एकै दिन २५.३१ अंकले बढ्दै २ हजार ९७.५५ अंकको विन्दुमा उक्लिएको हो ।
आज कारोबार रकम समेत बढेर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक ४.४१ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् ।
फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक भने आज क्रमशः १.९५ प्रतिशत र ०.८७ प्रतिशतले घट्न पुगेको छ ।
आज शिभम् श्री हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले वृद्धि) लागेको छ भने दर्जन भन्दा बढी कम्पनी सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ । यता रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण