हिमालय एअरलाइन्सद्वारा इन्टरनेट बुकिङ्ग इन्जिनको सुरुवात
काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ्ग इन्जिन सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइट www.himalaya-airlines.com मा गएर टिकट बुकिङ्ग गर्न सक्नेछन् । यस सुबिधाको प्रयोग गरी यात्रुहरूलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुने एअरलाइन्सले विश्वास लिएको छ ।
यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि इसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आईपीएस निकट भविष्यमा उपलब्ध हुने छन् । यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मुल्य खोजी, बुकिङ्ग व्यवस्थापन सहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिने एअरलाइन्सले जनाएको छ ।
यस्तै ब्यागेज प्रि– बुकिङ्ग, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ्ग, संयुक्त सेवाहरू चयन गर्नेजस्ता विभिन्न अन्य सेवाहरू पनि ल्याइएको छ । साथै, यात्रुहरूले विमानस्थलमा समय बचत गर्नको निम्ति अनलाइन चेक(इन पनि गर्न सक्नेछन् ।
यस नयाँ सेवाको सुरुवात भएकोमा एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने, “हाम्रा ग्राहकहरू हामीले प्रदान गर्ने सबै सेवाका केन्द्र हुन् र हामी ग्राहकहरूलाई बढीभन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर छौँ । त्यसैले अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरीे इन्टरनेट बुकिङ्ग इन्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण