बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छः मन्त्री बस्नेत

बिहीबार, २८ असार २०८०, १४ : ३८
बिहीबार, २८ असार २०८०

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । 
बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८०/८१ मा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका हुन् । 

उनले आगामी दश वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताए ।  सोही अनुरुपको ऊर्जा विकास दशककको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको बस्नेतले बताए । 

उनले भने, ‘हाल करिब २७ सय मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ । आगामी वर्ष थप ९०० पु¥याउने राखेका छौँ भने आगामी दश वर्षभित्र निकै महत्वकांक्षी योजनाको फाउन्डेशन तयार गर्न गइराखेका छौँ । २० हजार बढी मेगावाट विद्युत उत्पादन गर्ने हाम्रो लक्ष्य राखेका छौँ । र त्यो अनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम गरिराखेका छौँ ।’

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत क्षमता बढाउने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप