एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
शुक्रबार, २९ असार २०८०, १० : ११

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ । शुक्रबार ११ बजे सचिवालय बैठक बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
नेता पाण्डेका अनुसार आजको बैठक कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा बस्नेछ । बैठकमा एक वर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसको अलावा कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छोडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने समेत छलफल हुने नेताहरूले बताएका छन् ।
पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चूडामणि जङ्गलीलगायतले नेकपा एकीकृत समाजवादी केही समयअघि मात्र छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा