एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
शुक्रबार, २९ असार २०८०, १० : ११
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ । शुक्रबार ११ बजे सचिवालय बैठक बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
नेता पाण्डेका अनुसार आजको बैठक कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा बस्नेछ । बैठकमा एक वर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसको अलावा कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छोडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने समेत छलफल हुने नेताहरूले बताएका छन् ।
पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चूडामणि जङ्गलीलगायतले नेकपा एकीकृत समाजवादी केही समयअघि मात्र छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण