‘हिँड्दा हिँड्दै’ को टिजरमा झल्कियो आकाश र रेखाको प्रेम
काठमाडौँ । प्रेम कथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को टिजर सार्वजनिक गरिएको छ । भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्रको करिब एक मिनेट लामो टिजर साइराम पिक्चर्स मार्फत दर्शकमाझ ल्याइएको हो । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगर निर्देशित चलचित्रको टिजरमा अभिनेता आकाश श्रेष्ठ र नव अभिनेत्री रेखा शाहबीच प्रेम र बिछोडको कथा देखाइएको छ, साथमा सलोन बस्नेत र सानीया खानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।
सुशील पंगेनीको लेखन र निर्माणमा बनेको चलत्रिमा आकाश, रेखा, सलोन ,सानियाका साथमा बिमल श्रेष्ठ, भोला सापकोटा, विशाल श्रेष्ठ, विकास थापा मगर र बालकलाकार अर्विन थिङ्गले अभिनय छ । बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्र सुमन तण्डुकारले खिचेका हुन्, भने तारा प्रकाश र किरण माइकलको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्धन्द्ध निर्देशन छ ।
राज लामा निर्माता रहेको चलचित्रको सहनिर्मातामा प्रमोदकुमार तामाङ र महादेव शाह छन् । ‘हिँड्दा हिँड्दै’ लाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण