प्रदीप यादवले संसदमा भने–‘सिँचाइ मन्त्रीजी तपाई नसुत्नुस्’
काठमाडौँ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले मनसुनको समय भएपनि पर्सा जिल्लामा पानीको समस्या रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले जुन मात्रामा गण्डक नहरमा पानी आउनुपर्ने थियो त्यो मात्रामा पानी नआइरहेको बताए । उनले राज्यले सम्झौता गरे अनुसार नहरमा पानी नछोडिएको र किसानको खेतहरुमा जाने सहायक नहरहरुको पनि सफाइ नभएका कारण किसानको खेतसम्म पानी पुग्ने अवस्था नरहेको प्रति ध्यानाकर्षण गराए ।
उनले ऊर्जा तथा सिँचाइ मन्त्रीको ध्यानाकर्षण गराउँदै भने,‘तपाई नसुत्नुस, तपाई काठमाडौँमुखी नहुनुस्, काठमाडौँको चार किल्लाको दायरामा नरहनुस् । तपाई मदेसलाई पनि हेर्नुस्, त्यहाँको सिँचाइको अवस्थालाई पनि हेर्नुस् । त्यहाँका जनता कति मारमा छ त्यो पनि हेर्नुस् । काठमाडौँमा बसेर, मन्त्रालयमा बसेर हुँदैन । सिंहदरबारको आँखा गाउँतिरपनि जाओस्, मधेसतिर पनि जाओस् । आज रोपाईको बेलामा किसानको बिउँहरू सुकिरहेको छ, पानी छैन भने अब रोपाई कसरी हुन्छ ?’
उनले सिँचाइका लागि नहरको सफाइ किन नभएको भन्दै प्रश्न गरे । उनले विगतमा नहर सफा हुने गरेपनि यो पटक किन नभएको बताउँदै सुपरभाइजरहरुले हेर्नु पर्दैन भन्दै ऊर्जा मन्त्रीको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण