सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप यादवले संसदमा भने–‘सिँचाइ मन्त्रीजी तपाई नसुत्नुस्’

शुक्रबार, २९ असार २०८०, १५ : १०
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले मनसुनको समय भएपनि पर्सा जिल्लामा पानीको समस्या रहेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले जुन मात्रामा गण्डक नहरमा पानी आउनुपर्ने थियो त्यो मात्रामा पानी नआइरहेको बताए । उनले राज्यले सम्झौता गरे अनुसार नहरमा पानी नछोडिएको र किसानको खेतहरुमा जाने सहायक नहरहरुको पनि सफाइ नभएका कारण किसानको खेतसम्म पानी पुग्ने अवस्था नरहेको प्रति ध्यानाकर्षण गराए । 

उनले ऊर्जा तथा सिँचाइ मन्त्रीको ध्यानाकर्षण गराउँदै भने,‘तपाई नसुत्नुस, तपाई काठमाडौँमुखी नहुनुस्, काठमाडौँको चार किल्लाको दायरामा नरहनुस् । तपाई मदेसलाई पनि हेर्नुस्, त्यहाँको सिँचाइको अवस्थालाई पनि हेर्नुस् । त्यहाँका जनता कति मारमा छ त्यो पनि हेर्नुस् । काठमाडौँमा बसेर, मन्त्रालयमा बसेर हुँदैन । सिंहदरबारको आँखा गाउँतिरपनि जाओस्, मधेसतिर पनि जाओस् । आज रोपाईको बेलामा किसानको बिउँहरू सुकिरहेको छ, पानी छैन भने अब रोपाई कसरी हुन्छ ?’

उनले सिँचाइका लागि नहरको सफाइ किन नभएको भन्दै प्रश्न गरे । उनले विगतमा नहर सफा हुने गरेपनि यो पटक किन नभएको बताउँदै सुपरभाइजरहरुले हेर्नु पर्दैन भन्दै ऊर्जा मन्त्रीको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप